
काठमाडौं । आज हिमाली केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

यस्तै, बिहानपख तराई क्षेत्र, काठमाण्डौ उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । काठमाडौं सहित देशभर चिसो बढेको छ ।




