मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ७ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

सिलो संगालो

बञ्चरो प्रहारबाट तीन जनाको हत्या

१ मिनेट पढाइ
०साझा

kuse inside

दैलेख । बञ्चरो प्रहारबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ३, पानीखोलामा तीन जनाको हत्या भएको छ । एक जना घाइते हुनुभएको छ ।

Dailekhi urja

जिल्ला प्रहरी कार्यालय दैलेखकाअनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामीमगरले आज बिहान दाउरा काट्ने बञ्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए ।

प्रहारबाट गम्भीर घाइते हुनुभएकी ३५ वर्षीया श्रीमती मनिषा सलामीमगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिस्मालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले परीक्षण गर्दा तपेन्द्र र करिस्मालाई मृत घोषणा गरेका थिए । मनिषालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकोमा उहाँको समेत मृत्युु भएको चिकित्सकले घोषणा गरेका छन् । घाइते मिलनको उपचार भइरहेको छ ।

घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nepalgunj