
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किनुभएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जानुभएका प्रधानमन्त्री शाह भ्रमणका निर्धारित कार्यक्रम पूरा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । प्रधानमन्त्री शाह आइतबार भारत प्रस्थान गर्नुभएको थियो ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह विभिन्न उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय सम्झौता र सहमतिसम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको थियो ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्कने क्रममा उहाँलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले बिदाइ गर्नुभएको थियो ।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित नयाँ दिल्लीबाट काठमाडौँ फर्किनुभएको हो ।




