मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर १२ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

खेलकुद :

नेपाल फुटबल लिगमा १० वटै टोलीको टुंगो

थपिए सुर्खेत, धरान र वीरगञ्ज

२ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा सुर्खेत, धरान र वीरगञ्जका टोली थपिएपछि लिग खेल्ने १० वटै टोलीको टुंगो लागेको छ ।

Dailekhi urja

प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने सबै टोली निश्चित भएका हुन् ।

एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन् ।

छनोट भएका टोलीमध्ये धरानको प्रतिनिधित्व हिमालय टेलिभिजन नेटवर्कले गर्नेछ । धरानको टोलीमा अभिनेता दयाहाङ राई र पूर्वफुटबल खेलाडी केन्द्र लिम्बू पनि आबद्ध हुनुहुन्छ । त्यस्तै, वीरगञ्जको टोली अल स्टार स्पोर्ट्स म्यानेजमेन्टको नेतृत्व उत्सव सिग्देलले गर्नुहुनेछ ।

सिग्देल नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सका पूर्व सह-मालिक हुनुहुन्छ । सुर्खेतको प्रतिनिधित्व एलाइड कन्टिनेन्टलले गर्नेछ । उक्त टोलीमा रचितकुमार अग्रवालसँगै नेपाल हिलटप इन्डस्ट्रिज प्रालि (नेपाटप) का निर्देशक दिगेन श्रेष्ठ तथा अस्ट्रेलियामा रहनुभएका सुजित बस्नेत र सबिन श्रेष्ठ आबद्ध हुनुहुन्छ ।

बोलपत्र प्रक्रियामा धरानका लागि ३ करोड १ लाख रुपैयाँ, वीरगञ्जका लागि २ करोड ५१ लाख रुपैयाँ र सुर्खेतका लागि २ करोड ५० लाख रुपैयाँको प्रस्ताव पेस गरिएको थियो । यी प्रस्तावमा तीनै टोलीले सफलता हात पारेका हुन् ।

तीन टोली छनोट भएपछि गुरुङले नेपाली फुटबलमा अझै धेरै सम्भावना रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘तीन टोलीका लागि बोलपत्र आह्वान गर्दा २० टोली इच्छुक देखिनु भनेको अझै नेपाली फुटबलमा धेरै सम्भावना रहेको देखिन्छ । तीमध्ये हामीसँग जोडिनुभएका तीन टोलीलाई बधाई दिन चाहन्छु ।’

यसपटक छनोट हुन नसकेका बाँकी १७ टोलीलाई पनि आगामी दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गरिने गुरुङले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीसँग यसपटक जोडिन नसक्नुभएका बाँकी १७ टोलीलाई भने आगामी दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गर्नेछौँ ।’

एनएफएलको पहिलो संस्करणमा १० टोली सहभागी हुनेछन् । प्रतियोगिता फागुन १ देखि सुरु हुनेछ । ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका सात टोली यसअघि नै निश्चित भइसकेका थिए ।

यसअघि छनोट भएका सात टोलीमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी छन् ।

nepalgunj