अछाममा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १७ पुग्यो, ६ जना बेपत्ता

अछाम । अछाममा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । पहिरोमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् ।

अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यी वडामा तीन जना पहिरोमा परि बेपत्ता छन् । ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले घाइतेहरुको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको जानकारी दिनुभएको छ ।