मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

कर्णाली एक्स्पो आयोजनाको बाटो खुल्यो, मिति सर्न सक्ने

२ मिनेट पढाइ

kuse inside

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको कर्णाली एक्स्पोको तेश्रो संस्करण संचालन गर्ने बाटो खुलेको छ ।

उच्च अदालत सुर्खेतमा परेको रिटमाथी अन्तरिम आदेश दिन अस्वीकार गरेपछि तेश्रो कर्णाली एक्स्पो संचालन गर्ने बाटो खुलेको हो ।

Dailekhi urja

उच्च अदालतका न्यायधीशद्वय कृष्णबहादुर भट्टराई र काजीबहादुर राईको संयुक्त इजालसले रिटमाथी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

‘निवेदकले अन्तिरिम आदेशको माग गरेको सम्बन्धमा बिचार गर्दा, सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ बमोजिम सार्वजनिक निकायका प्रमुख समक्ष निवेदन दिन सकिने र उक्त ऐनको दफा ४९ मा पुनरावलोकन समिति समक्ष दिन सकिने भन्ने कानुनी व्यवस्थाका आधारमा रीट निवेदकको बोलपत्र स्वीकृत नभएको हकमा बैकल्पिक मार्ग उपचारको मार्ग अम्बलन नगरी सोझै अदालतमा गर्नुका साथै मेला महोत्सव जस्तो बिषयमा विपक्षी ओम शान्ति मुक्ति इभेन्ट म्यानेजमेन्टको आसयपत्र स्वीकृत भै कार्यदेशसमेत प्राप्त गरिसकेको यस अवस्थामा सुबिधा र सन्तुलन तथा विपक्षीहरुका तर्फबाट निवेदनसाथ पेश भएको दर्ता रजिष्टर समेतका आधारमा निवेदन माग बमोजिम बिपक्षीहरुका नाममा अन्तरिकम आदेश जारी गर्न मिलेन’ अदालतले भनेको छ ।

यसैबिच, अदालतको आदेशले कर्णाली एक्स्पो गर्ने बाटो खुलेको र एक्स्पो केही दिन पछाडी जान सक्ने उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो ।
माघ २६ गतेबाट गर्ने भनिएको कर्णाली एक्स्पो केहि दिन पछाडी सर्न सक्ने भन्दै उहाँले एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।

कर्णाली एक्स्पोको व्यापक तयारी भएको, कर्णालीको कला तथा संस्कृती झल्किने गरी एक्स्पोको आयोजना गरिने सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीले बताउनुभयो ।

महोत्सवलाई व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गरिने बताउँदै उहाँले कर्णालीका कला, संस्कृती, रैथाने संस्कृतीहरुलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

nepalgunj