माघ २६ गतेदेखी हुने भनिएको महोत्सव फागुन १४ गतेदेखि हुने

सुर्खेत । यही माघ २६ गतेदेखी सुर्खेतमा हुने भनिएको महोत्सव फागुन १४ गतेदेखि संचालन हुने भएको छ ।

कर्णाली एक्सपो नाम दिइएको महोत्सव यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म संचालन गर्ने भनिएपनि विभिन्न कारणले मिति सारिएको उद्योग वाणिज्य संघ सुर्खेतले जनाएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव भद्र भण्डारीले विविध कारणले गर्दा माघ २६ गतेदेखि हुने भनिएको महत्वसव अब फागुन १४ गतेदेखि २२ गतेसम्म संचालन हुने जानकारी दिनुभयो ।

महत्सवले कर्णालीको पर्यटन प्रवद्र्धनसँगै कला संस्कृतीलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।

कर्णालीको कला तथा संस्कृती झल्किने गरी एक्स्पोको आयोजना गरिने सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीले बताउनुभयो ।

महोत्सवलाई व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गरिने बताउँदै उहाँले कर्णालीका कला, संस्कृती, रैथाने संस्कृतीहरुलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।