

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले नेपाल आउनु हुने भएको छ । नेपाली क्रिकेटबारे बुझ्न उहाँ आगामी सोमबार नेपाल आउन लाग्नु भएको हो । चार दिने भ्रमणमा आउन लाग्नु भएका अध्यक्ष बार्क्लेले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ ।
उहाँले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गर्ने हुने छ । उहाँले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।
पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरिरहेको बेला अध्यक्ष बार्क्लेको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानले जनाएकोको छ ।

खबर बजार । १ चैत्र २०८०, बिहीबार १०:००