
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहेका सोडारीलाई प्रदेशसभाको हिजो बसेको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निलम्बन गरिएको जानकारी गराउनु भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार सोडारीलाई आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको सभामुख भण्डारीले बताउनु भयो ।

खबर बजार । २७ जेष्ठ २०८२, मंगलवार ०९:४०