त्रिभुवन आर्मी क्लब टिम फेन्सिङमा पहिलो

कास्की । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । स्वर्ण, रजत र कास्य ५–५ वटा जितेको आर्मी टिम च्याम्पियन बनेको हो ।

चार स्वर्ण, तीन रजत र एक कास्यसहित बाग्मती प्रदेश दोस्रो तथा दुई स्वर्ण, चार रजत र सात कास्यसहित सशस्त्र प्रहरीको एपीएफ तेस्रो भए ।

यस्तै सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई कास्य, गण्डकीले चार कास्य तथा प्रदेश १ ले तीन कास्य पदक जिते ।

प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यस प्रतियोगिताका खेलहरू पोखरा रङ्गशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा भएको थियो ।