दोस्रो टी–२० अभ्यास खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आज आयरल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।

दोस्रो टी–२० अभ्यास खेलमा आज नेपालले दुई परिवर्तन गरेको छ । आयरल्यान्ड ए विरुद्ध प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको छ ।

अनिल शाह र विवेक यादवलाई भने मौका दिएको छ ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा ।