काठमाण्डौ । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलामा नेपालले गुजरातलाई ९८ रनमा अल आउट गरेको छ ।
गुजरातको वापीमा टस हारेर ब्याटिङ गरेको गुजरात १८ ओभर २ बलमा सबै विकेट गुमाउँदा ९८ रन बनायो । गुजरातका रुद्र पटेलले सबैभन्दा धेरै २३ रन बनाए । नेपालका गुल्सन झाले ४, करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए ।
शृङ्खलामा नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ गते नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।
खबर बजार । १८ चैत्र २०८०, आईतवार १६:५६