तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२ सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।
छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनु भयो ।
मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उहाँले बताउनु भयो ।
खबर बजार । ५ जेष्ठ २०८१, शनिबार १८:४६