चिङ्गाडको मटेलामा अनुसन्धान र अभियोजनमा समुदायको भुमिका विषयक अन्तरक्रिया सम्पन्न

सुर्खेत । चिङ्गाडको गाउँपलिकाको मटेलामा अनुसन्धान र अभियोजनमा समुदायको भुमिका विषयक अन्तरक्रिया गरिएको छ ।
समुदायमा सरकारी वकिल कार्यक्रम अन्तरगत जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा जिल्ला न्यायधिवक्ता नवीन कुमार भट्टले जिल्ला सरकारी वकिल कार्यालयले बहस गर्न मिल्ने मुद्दाहरूको बारेमा जानकारी दिनुभएको थियो । अनुसन्धान र अभियोजनमा समुदायको भुमिका महत्वपुर्ण रहने उहाँको भनाई रहको थियो ।
कार्यक्रम मा बोल्दै गाउँपालिका अध्यक्ष अध्यक्ष जिसिले समुदायमा कोहि कसैलाई समस्या पर्यो भने समुदायमा बस्ने नागरिक हरुले समस्यामा परेको मान्छेको न्यायको लागि अन्तरआत्मा देखि सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । न्यायिक सम्बन्धी समिती पालिका स्तरमा भएपनी आवश्यक तालिमहरु लिएर काम गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।
गाउपालिका अध्यक्ष बोध विक्रम जिसि को प्रमुख आथिथ्यता भएको कार्यक्रममा उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता डम्मर प्रसाद काफ्ले जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका जिल्ला न्यायधिवक्ता नविनकुमार भट्ट सहायक जिल्ला न्यायधिवक्ता सिर्जना ढकाल चिङ्गाड गाउपालिका उपाध्यक्ष मिना कुमारी रोकाय अधिवक्ता जयराम भुषाल मोती प्रसाद द्यिार्थी, वड अध्यक्ष तथा वडा सचिवहरू लगायत सर्वसाधारण हरुको उपस्थिति रहेको थियो ।