विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दियो १ सय २८ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनाएको हो ।

टोलीका लागि अनुभवी ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाए । गप्टिलले ४३ बलमा ७ चौका र एक छक्काको मदतमा ५५ रनको इनिङ्स खेले । अकिब इलियासले १८ बलमा १५ रनको योगदान दिए ।

अन्य ब्याटरले भने ठुलो योगदान दिन सकेनन् । बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले ७–७ रन जोडे ।

जनकपुरका लागि ललित राजवंशीले शानदार बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै, हर्ष थाकेरले २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए ।

किशोर महतोले २ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए ।