
सुर्खेत । श्रमिक दिवसको अवसरमा अन्तरक्रिया तथा वनभोज कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतको आयोजना र प्रदेश समितिको समन्वयनमा १३६ आँै अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा अन्तरक्रिया गरिएको हो । पत्रकारको हकहितका विषयमा उठान गर्नुपर्ने सवाल, संगठनको हितका लागि गर्नुपर्ने कार्यविवरण लगाएतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य विनोद लम्सालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पत्रकारको हकहितका लागि कार्यक्रम समावेश गर्न सरकारलाई सुझाव दिनुपर्ने बताउनु भयाे । उहांले पत्रकारको हकहितका लागि बन्नुपर्ने नीति नियमका विषयमा समेत सम्बन्धीत क्षेत्रको ध्यानाकर्षण गर्नुपर्ने । नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश कोषाअध्यक्ष इश्वरराज अधिकारीले महासंघले पत्रकारको पेसागत सुरक्षाका लागि विभिन्न कार्यक्रम गरिरहेको जनाउनु भयाे । पत्रकारका लागि आवश्यक पर्ने तालीम लगाएतका कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उहांले पत्रकारलाई कसरी व्यवसायिक बनाउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनु भयाे । पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुशिल खड्काले पत्रकारिता पेसालाई मर्यादित बनाउन लागिपरेको बताउनु भयाे । महासंघले बेला–बेलामा तालीहरुको आयोजना गर्ने विभिन्न नीति निर्माणका सवालमा वकालत गर्ने गरेको उहांको भनाइ छ । पत्रकार महासंघ सुर्खेतका सदस्य प्रभा रावतले महिलालाई कसरी पेसमा टिकाउने भन्ने विषयमा सोच्नुपर्ने बताउनु भयाे । पछिल्लो समय ९५ प्रतिशत महिला पत्रकार पेसाबाट पलायन भएको उहांले बताउनु भयाे । आफूहरु समेत पेसामा निर्धक्क रुपमा काम गर्न नसकिरहेको उहाँको भनाइ थियो । नेकपा एमालेका प्रचार विभाग प्रमुख गंगाराम तिमल्सीनाले पत्रकारिता पेसा समाजको ऐना भएको बताउनु भयाे । पेसालाई मर्यादित बनाउन प्रेस चौतारीको ठूलो भूमिका हुने उहांको भनाइ छ । अग्रपंक्तिमा रहने पत्रकारको सुरक्षाका विषयमा समेत पार्टी जानकार रहेको र संगठनको संरक्षणका कार्यक्रम राखिएको उहांले जानकारी दिनु भयाे । प्रेस चौतारी नेपालका प्रदेश इन्चार्ज यामप्रसाद शर्माले पत्रकारहरुको हकहितका लागि संगठनले काम गर्ने बताउनु भयाे । पछिल्लो समयमा भइरहेको बढ्दो विकृति रोक्ने र पत्रकारहरुलाई कसरी पेसाप्रति टिकाईराख्ने भन्ने विषयमा संगठनले काम गरिरहेको उहांको भनाइ छ । प्रेस चौतारी नेपाल सुर्खेत जिल्ला समितिका अध्यक्ष मुना हमालले संगठनले केही नयाँ कामको थालनि गर्न लागेको बताउनु भयाे । पत्रकारको संरक्षण र सुरक्षाका लागि अक्षयकोष निर्माण, विभिन्न तालीमको आयोजना, पेसाप्रति टिकाइराख्न योजना निर्माणको काम भइरहेको उहांको भनाइ थियो । पत्रकारका हकहितका विषयमा छलफल गर्ने उद्देश्यले दैलेखको गुराँस गाउँपालिकामा अन्तरक्रिया तथा वनभोज कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश चौतारीसँग आवद्ध विभिन्न जिम्मेवारीमा रहेका पत्रकारहरुको सहभागिता रहेको थियो ।

खबर बजार । १९ बैशाख २०८२, शुक्रबार १३:१२