वीरेन्द्रनगरमा कर्फ्यु हट्यो-निषेधाज्ञा जारी (विज्ञप्तिसहित)

सुर्खेत । चौबीस घण्टा सम्म लगाइएको कर्फ्यु हटेपछि सुर्खेतको वीरेन्द्रनगरमा अब निषेधाज्ञा जारी गरिएको छ ।

फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय सुर्खेतकाअनुसार सुरक्षा संवेदनशील मानिएका यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

कर्फ्युको कारण आम नागरिकको जनजिवनमा असर पर्ने देखिएकाले निश्चित क्षेत्र तोकी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाल रिजालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उहाँकाअनुसार कर्फ्यु अवधिमा कुनै प्रदर्शन भएनन् ।

प्रशासनले सोमबार राति ८:१५ देखि मंगलबार साँझ ७:०० बजेसम्म कर्फ्यु जारी गरेको थियोे ।

प्रतिनिधि सभाबाट अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित भएको बिरोधमा आन्दोलन उग्र बनेपछि कर्फ्यु र निषेधाज्ञा जारी गरिएको हो ।