मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ३० , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

लोकसेवा आयोगहरुको सम्मेलनबाट नौ बुँदे घोषणापत्र जारी, प्रक्रिया नपुर्‍याई प्रदेश र पालिकाले गरेका बढुवा रद्द

२ मिनेट पढाइ
०साझा

kuse inside

रुपन्देही । लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुको दोस्रो राष्ट्रिय सम्मेलन नौ बुँदे घोषणापत्र जारी गरेको छ । रुपन्देहीको मणिग्राममा सम्पन्न सम्मेलनले प्रदेश तथा स्थानीय तहहरुले प्रक्रिया पूरा नगरी गरेको बढुवा, तह वद्धि, स्तरवृद्धि लगायतका काम सम्बन्धित प्रदेश लोकसेवा आयोगहरुले रद्द गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

Dailekhi urja

लोकसेवा आयोगका प्रवक्ता तोयनाथ सुवेदीकाअनुसार २०७६ वैशाख १६ मा सरकारले निर्धारण गरेको मर्यादाक्रम पुनरावलोकन गर्न माग गर्ने, प्रदेश लोकसेवा आयोगको परीक्षा दस्तुर र पारिश्रमिक लोकसेवा आयोगबाट स्वीकृत दररेटसँग एकरुपता कायम गर्न पहल गर्ने, वार्षिक कार्यतालिका तयार गर्दा प्रदेश लोकसेवा आयोगहरुले यथासम्भव एकैपटक प्रकाशन गर्ने निर्णय पनि भएको छ ।

संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको पदमा कार्यरत स्थायी कर्मचारीलाई परीक्षामा उमेरको हद नलाग्ने, कुनै लोकसेवा आयोगले कारवाही गरेका उम्मेदवारलाई सबै लोकसेवा आयोगको परीक्षामा आवेदन दिन नपाउने गरी कानुनी व्यवस्था गर्ने सम्मेलनले निर्णय गरेको छ ।

त्यस्तै अन्तर प्रदेश समान तहको पदमा उम्मेदवार हुन नपाउने, कर्मचारीको वृत्ति विकासका आधार र मापदण्डलगायतको विषयमा लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोग ऐनमा आवश्यक व्यवस्था गर्ने पनि सम्मेलनले निर्णय गरेको छ ।

लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीच आवश्यक सूचना आदान प्रदान गर्न एकीकृत सूचना प्रणाली स्थापना गर्ने, प्रत्येक वर्ष फागुन २३ र २४ गते लोकसेवा आयोगहरुको राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

nepalgunj