मध्यपश्चिम विश्वविद्यालयद्वारा १५ विधाका अवार्ड घोषणा

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न १५ विधामा अवार्ड दिने घोषणा गरेको छ । विश्वविद्यालयले आफ्ना कर्मचारी तथा विधार्थी गरी वार्षिक ४० जनालाई विभिन्न अवार्ड प्रदान गर्ने भएको हो ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले सोमबार पत्रकार सम्मेलन गरी ‘अवार्ड’ दिने घोषणा गर्नुभएको हो । सिंहले कार्यरत प्राध्यापक तथा कर्मचारी र अध्ययनरत विद्यार्थीलाई हौसलाका लागि अवार्ड दिन लागिएको बताउनुभयो ।

अवार्डको सबैभन्दा ठूलो राशी एमयु कुलपति अवार्ड ५५ हजार रुपैयाँको रहेको छ । जुन स्नातकोत्तरमा विश्वविद्यालयका सबै विद्यार्थी भन्दा उत्कृष्ट अंक ल्याई उत्तिर्ण गर्ने विद्यार्थीले पाउनेछन् ।

यस्तै विश्वविद्यालय टपर विधार्थीले ५० हजार रुपैयाँको उपकुलपति अवार्ड पाउनेछन् । विश्वविद्यालयअन्तर्गतका संकाय र क्यापसहरुले पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कार पाउनेछन् ।

संकायतर्फ प्रथम हुनेले ३ लाख ५० हजार, द्वितीय हुनेले ३ लाख र तृतीय हुनेले २ लाख ५० हजार पुरस्कार पाउनेछन् । क्यापसतर्फ भने प्रथम हुनेले ३ लाख द्वतीय हुनेले २ लाख ५० हजार र तृतीय हुनेले २ लाख पुरस्कार पाउने जनाइएको छ ।