
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत परीक्षण गर्ने प्रक्रिया अघि बढाउनुभएको छ ।उहाँले भोली बुधबार प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।

नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा नेकपा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियोे ।
मुख्यमन्त्री बनेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले उहाँले त्यससम्बन्धी प्रक्रिया अघि बढाउनुभएको हो ।
यसका लागि मुख्यमन्त्री भट्टले आज प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आवश्यक बैठक आह्वान गर्न आग्रह गर्नुभएको छ ।
उहाँको पत्रका आधारमा भोली दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने गरी कार्यतालिका तय गरिएको छ ।




खबर बजार । २ भाद्र २०८३, मंगलवार २०:२२