विश्वविद्यालय राजनीतिको अखडा बने विश्वविद्यालय रहदैनन् ः सभामुख शाही

सुर्खेत । विश्वविद्यालयहरुलाई राजनीतिक अखडा बनाउन नहुने कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले बताउनुभएको छ।

मध्यपश्चिम विश्वविद्यालयको १२ औं वाषिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताउनुभएको हो ।
सभामुख शाहीले विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाको रुपमा स्थापित गर्न नहुने बताउदै पछिल्लो समय विश्वविद्यालय माथी अविश्वास बढ्दै गएको र विश्वविद्यालयहरु वेरोजगार उत्पादनको हव बन्दै गएको भन्दै सभामुख शाहीले विश्वास बढ्ने गरी शिक्षामा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
‘कर्णाली आफैमा पछि परेको प्रदेश भएकाले वेरोजगारी दर कम गर्न मध्यपश्चिम विश्वविद्यालयले भुमिका खेल्नु पर्नेमा जोड दिदै विश्वविद्यालयले व्यक्तिगत स्वार्थमा अल्मलिनु हुँदैन भन्दै उहाँले विश्वविद्यालयलाई प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो ।
विश्वको आवश्यकता अनुसार प्राज्ञिक केन्द्र रहि रहन समय सापेक्ष परिवर्तन भई काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी भएको उहाँको भनाई छ ।
विश्वविद्यालय विश्वविद्यालय रही रहन अनुसन्धानमुलक एकेडेमिक पाटोमा विषय केन्द्रित हुनु पर्ने शाहीको भनाई थियो । विश्वविद्यालयबाट उत्पादन भएका विद्यार्थीलाई कसरी रोजगारमुखी बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिदै देश हाक्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्दै शाहीले भन्नुभयो ।