बराहतालको इखेनी बस्तिमा निःशुल्क स्वास्थ परिक्षण

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ६ को इखेनीमा अल्ट्रा साउण्ड सहितको निःशुल्क स्वास्थ परिक्षण शिविर सम्पन्नभएको छ ।


गरिवी, अशिक्षा र वेरोजगारी समस्याबाट ग्रसित इखेनीका नागरिक अस्वस्थ खानपानका कारण विभिन्न स्वास्थ्य समस्यामा परेको थाहा पाएपछि महिला जेसिजले स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बराहताल गाउँपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको हो । शिविरमा जचाउन आएका इखेनीका नागरिकका प्राय समस्या उस्ता उस्तै थिए । धेरै जसो महिलाहरु पेट दुख्ने समस्या लिएर आएका थिए भने, पुरुषहरुमा हाडजोर्नी दुख्ने, आँखा र छालाको समस्या देखिएको थियो ।


बालबालिकाहरुमा कुपोषण, छाला लगायतका समस्या थिए । उपचारमा संलग्न कर्णाली प्रदेश अस्पतालका स्त्री तथा प्रशुति रोग विशेषज्ञ डाक्टर ललित जङ्ग शाहीका अनुसार अस्वस्थ व्यक्तिगत खानपानका कारण महिलाहरुमा सेतो पानीबग्ने, तल्लो पेट दुख्ने लगायतका समस्या देखा परेको बताउनुभयो ।