काठमाडौं । इण्डोनेसियामा हुने एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुने नेपाली महिला टिमलाई बिदाइ गरिएको छ । १२ खेलाडीसहित १८ जनाको नेपाली टोली बिहीबार जाकार्ता प्रस्थान गर्नेछ ।
जेजीबीके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएइ, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहने छ ।
राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । नेपाल टोलीलाई जापानी प्रशिक्षक कात्सुहिसा फुरुचीले पनि २ साता प्रशिक्षण गराएका थिए ।
एसिया रग्बीमा नेपालले चौथोपटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनईमा भएको प्रतियोगितामा सहभागिता जनाएको थियो । भारतको चेन्नईमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । ब्रुनईमा नेपालले काजाकिस्तानमाथि जित रचेको थियो ।नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङलगायतले बुधबार शुभकामनासहित बिदाइ गरे ।
खेलाडीहरुमा एलिसा थापा ९कप्तान०, सिर्जना राई ९उप कप्तान०, पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनिषा थापा मगर, अप्सरा कार्की, विशाका राई, शर्मिला राई र अपना पौडेल छन् ।
खबर बजार । १८ श्रावण २०७९, बुधबार २०:३७