जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुखलाई कालोमोसो

सुर्खेत। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी सुर्खेतले जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले कर्णाली प्रदेश प्रमुख केसीलाई सरकारी बिद्यालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव सिर्जना गरेको र भ्रष्टाचारको आरोपमा कारबाही गरेको जनाएको छ।

अखिल क्रान्तिकारी केन्द्रीय समितीले कर्णाली प्रदेश प्रमुख केसीलाई कारबाही गर्नुको कारण सहितको पर्चा पनि जारी गरेको छ।