फेरि बढ्यो सुनको भाउ


काठमाण्डौ । सुनको भाउ आज बढेको छ ।

अस्ति शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज एक हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।