कला संस्कृतीलाई जगेर्ना गर्दै कर्णालीका स्थानीय सरकार

सुर्खेत । कर्णालीका स्थानीय सरकारले आ–आफ्नो भाषिक तथा जातिय सांस्कृतिक परम्परालाई जगेर्ना गर्दै लैजानुपर्नेमा जोड दिइएका छन् ।
पछिल्लो समय स्थानीय परम्परागत मौलिक कला र संस्कृति संरक्षणको अभावमा संकट पर्दै गएको स्थितिमा स्थानीय सरकारहरुले कला, संस्कृति संरक्षणमा जुटेको बताएका हुन् ।
आफ्नो गाउँघरका बखान, मायाँ पिरतीलाई आधार बनाएर गाउने, नाच्ने, कला संस्कृतिलाई जोगाउन स्थानीयतहहरुले योजना बनाएका हुन ।
जाजरकोटको शिवालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले आधुनिक प्रविधि र पश्चिमा संस्कृतिको प्रभाव गाउँ शहरमा बढ्दै गएकोले परम्परागत कला संस्कृतिमा लागेको बताउनुभएको छ ।
उहाँले नयाँ पुस्ताको चासो नहुँदा लोप भएर जाने हुन् कि भन्ने चिन्ता भएको भन्दै, विभिन्न समुदायका कला, संस्कृति र मठ मन्दीरलगायतका परम्परागत कला संरक्षणमा जुटेको कर्णाली रैबारसँग बताचउनुभयो ।
उहाँका अनूसार पालिकाबाट वार्षिक बजेटदेखि पालिका स्तरमा हुने हरेक कार्यक्रममा परम्परागत कला संस्कृति अभियान थाल्ने गरेको छ ।
यस्तै, हुम्लाको सिमकोट गाउँपालिकाले पनि संस्कृति सम्पदाको संरक्षण र स्थानीय चाडपर्वहरुलाई पनि प्रोत्साहनगरी रहेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष्य विजय भण्डारीले पालिकाले बजेट विनियोजन गरी परम्परागत कला संस्कृति जर्गेनाको प्रयासले स्थानीयवासी उत्साहित भएको बताउनुभयो ।
रुकुमको त्रिवेणी गाउँपालिकाले परम्परागत मारुनी, मयुर, सोरठी जस्ता नाँचको संरक्षण र सम्वर्दनगरी रहेको बताएको छ ।
गाउँपालिका अध्यक्ष गणेश कुमार के.सीले सांस्कृतिक र भाषिक कुराहरुको संरक्षणले नै विकास क्षेत्रलाई समेत टेवापुग्ने भन्दै के.सीले साहित्य संरक्षण मंञ्चमातर्फ कल सास्कृतीकको जगेर्ना गर्दै आएको बताउनुभयो ।
कर्णालीका मौलिक संस्कृतीहरु हराउँदै गएको भन्दै बुढापाकाहरुले भने चिन्ता व्यक्त गर्छन ।