सुर्खेत । कर्णाली प्रदेश सरकारले किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान प्रदान गर्ने बताएको छ । सरकारले साबिकको कर्णालीमा रु १० अनुदान दिन लागेको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानहरू लाई दूध उत्पादनमा जोड दिन र सिधा वास्तविक किसानकै हातमा राज्य छ भन्ने अनुभूति गराउनलाई उक्त अनुदान प्रदान गरिने भएको मन्त्रालयले बताएको छ ।
सानो परिमाण दूध उत्पादन गर्ने किसानहरूले राज्यबाट अभिभावकीय भूमिका महसुस गरून् भन्दै प्रदेश सरकारले यो कार्यक्रम लागू गरिएको मन्त्रालयको भनाइ छ ।
पशुपंछी बिकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीले लिटरमा ५ रुपैयाँ अनुदान दिन लागिएको जानकारी दिनुभयो ।
कर्णालीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूधमा अनुदान दिन यो वर्ष बजेट छुट्याएको छ ।
निर्देशक पंगेनीले किसानलाई प्रात्साहन गरि जनजीविकालाई सहज र परिणाममुखी बनाउन हरेक गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रम संचालन भएपछी बास्तबिक किसानले राहत पाउने पशु अस्पताल दैलेखका प्रमुख भिमबहादुर बिष्टले बताउनुभयो ।
"
खबर बजार । १ फाल्गुन २०७९, सोमबार २०:००