

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु टोली यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
यूएईमा जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल दुबई इन्टरनेशनल स्टेडियममा पौने १२ बजे सुरु हुनेछ ।
नेपाली टोलीमा आजको खेलमा एक जना सदस्य परिवर्तन गरिएको छ । घाइते हुँदै टिम बाहिर रहेका ओपनर कुशल भुर्तेलको स्थानमा युवा फास्ट बलर प्रतिश जिसी पहिलो रोजाइमा खेल्नेछन् । प्रतिशले शृङ्खलाको पहिलो खेलमा पुवा न्युगिनीविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए ।
लिग टुको शीर्ष तीनमा नेपाल र यूएई दुवैलाई आजको खेल महत्वपूर्ण छ । नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ ।

खबर बजार । २२ फाल्गुन २०७९, सोमबार ११:४०