
सुर्खेत् । हुम्लाको नाम्खा गाउँपालिका–५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु भएको छ ।

यसका लागि काठमाडौंबाट आएका टोलीले स्थलगत रुपमा यारी पुुगेर अध्ययन सुुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनसँगको सीमा क्षेत्र यारीमा सुुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सुुरु भएको बताउनुुभयो ।
चालुु आर्थिक वर्षमा सरकारले उक्त सम्भाव्यता अध्ययनको कार्यक्रम तय गरेको थियो । यसका लागि केही समय अगाडी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले सार्वजनिक सुचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनौट गरि सम्झौता गरेको थियो ।
लिमिटेडसँगको सम्झौतासँगै दुुई सदस्यीय टोली हुम्ला पुुगेर स्थलगत रुपमा अध्ययन सुुरु गरेको प्रजिअ परियारले बताउनुुभयो । टोलीमा खटिनुभएका इन्जिनीयर सन्तोष खड्काले टोली यारी पुुगेर स्थलगत रुपमा अध्ययन सुुरु गरेको बताउनुुभयो । उहाँले बन्दरगाह निर्माण क्षेत्रको टोपोग्राफीको अध्ययन हुने बताउनुुभयो ।
त्यसैगरी जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुुली, सडक सञ्जाल र सामाजिक बिवरणको समेत अध्ययन गरिने बताउनुुभयो । त्यसैगरी यारी क्षेत्र चार हजार ४०० मिटर अग्लो भएको कारण हिउँ पन्छाउन मिल्ने अबस्थाको पनि अध्ययन गरिनेछ । उक्त क्षेत्रका कर्णाली करिडोरको सडक पनि जोडिएको छ ।
सरकारी जमिन पनि प्रसस्त मात्रामा रहेको छ । उहाँले कर्णाली, लुुम्बिनी र सुदुरपश्चिम प्रदेशले यस बन्दरगाहबाट फाईदा लिन सक्ने बताउदै उक्त बन्दरगाह व्यापारिक तथा रणनैतिक महत्वको हुने बताउनुुभयो । टोली चीनसँगको सीमा क्षेत्र हिल्सामा पनि पुुग्नेछ । नौ दिन स्थलगत अध्ययनपछि टोली यारीबाट फिर्ता हुनेछ ।
उहाँले फिल्ड अध्ययनपछि तयार हुने प्रतिवेदन असार महिनाभित्र मन्त्रालयलाई पेश गर्ने बताउनुुभयो । उक्त बन्दरगाहको अध्ययनपछि डिपिआर तयारीको बाटो खुल्नेछ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुुर शाहीले नौ वर्ष अगाडी यारी बन्दरगाहको माग सरकारसँग राख्नुु भएकोथियो ।
बन्दरगाह भने कर्णाली प्रदेशमै पहिलो र व्यापारिक महत्व झल्किने छ । हुुम्लामा उत्पादन जडिबुुटी, फलफुुल, तरकारी, काठ सहज रुपमा निकासी गर्ने बाटो खुल्नेछ । विपद्बाट जोगिनका लागि पूर्वतयारीको व्यावहारिक अभ्यास दिएको थियो ।




सृजना बुढाथोकी । ३१ जेष्ठ २०७९, मंगलवार ०६:४१