काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
पाण्डे वैशाख २० गते पक्राउ परेका थिए । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो ।
तत्कालीन गृहसचिव रहेका पाण्डे नेपालीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
यसै सिलसिलामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि तत्कालीन मन्त्री टोपबहादुर रायामाझी भने हाल सम्पर्कविहीन छन् ।
खबर बजार । २४ बैशाख २०८०, आईतवार १९:१२