संसद्को सम्भावित कार्यसूचीः प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि छलफल

काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा पर्सीदेखि छलफल अघि बढ्ने भएको छ ।

पर्सी आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।

महाभियोगको प्रस्तावमा सभामुख अग्नी प्रसाद सापकोटाले नेपालको संविधान बमोजिम प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूचीमा छ।

माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।