काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम भोलि बिहीबार सार्वजनिक गर्ने तयारी थालेको छ ।
मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो ।
यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ ।
कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्ति बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेलसहितको कार्यदलले तयार पारेको उक्त कार्यक्रम बिहीबार सार्वजनिक गर्ने तयारी छ ।
खासगरी कांग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा थपिएको नेता रमेश लेखकले बताउनुभयो ।
१० पेज लामो कार्यक्रमको मस्यौदा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् । संयुक्त सरकारका प्राथमिकतामा ९ वटा प्राथमिकता समेटिएको छ ।
खबर बजार । २२ चैत्र २०७९, बुधबार १२:००