सुनचाँदीको भाउमा गिरावट

काठमाण्डौ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । तोलामा आज सुन एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।