

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेको उम्मेदवार नै हुने दाबी गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुनेकुरा पुस १० गते नै भनिसकेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपति एमालेको हुन्छ भन्नेकुरा त हामीले पुस १० गते नै भनेका हौं । अरु घटनाक्रम हामीलाई थाहा छैन ।’
प्रतिनिधि सभाको बैठकअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो ।

खबर बजार । १२ फाल्गुन २०७९, शुक्रबार १६:००