काठमाडौं । इङ्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेन महिला विश्वकपको नयाँ विजेता बनेको छ । अष्ट्रेलियामा आइतबार भएको फाइनलमा स्पेनकी कप्तान ओल्गा कार्मोना गार्सियाले निर्णायक गोल गरिन् ।
२९ औँ मिनेटमा कप्तान गार्सियाले गरेको गोलमा स्पेन विश्व विजेता बनेको हो । दोस्रो हाफमा स्पेनले पेनाल्टीको मौका पाएपनि अग्रता दोब्बरको मौका सदुपयोग गर्न सकेन ।
७० औँ मिनेटमा जेनिफर हार्मोसोले प्राप्त पेनाल्टी सदुपयोग गर्न सकिनन् । महिला विश्वकप हालसम्म अमेरिकाले ४, जर्मनीले २ तथा जापान र नर्वेले एक एकपटक जितेका छन्।
खबर बजार । ३ भाद्र २०८०, आईतवार १७:५९