टी–२० विश्वकप छनोट: फाइनलमा ओमानलाई नेपालले दियो १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

यसअघि समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । फाइनल खेलमा नेपाललाई ओमानसँग बदला लिने र उपाधि उचाल्ने अवसर छ ।