एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभामा अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको छ ।

हेटौंडामा सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ विरुद्ध भएको मतदानमा नेम्वाङले जित दर्ता गर्दा प्रस्ताव फेल भएको हो ।

कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात अध्यक्ष नहटाउने पक्षमा ५२ मत प्राप्त भएसङ्गै अध्यक्ष नेम्वाङको अध्यक्ष पद जोगिएको छ । एक मत बदर भएको छ । मतदान प्रक्रियामा ५३ जनामात्र सहभागी भए प्रस्ताव गर्नेमध्येकै ३४ जनाले मतदान बहिष्कार गरेका छन् ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । तर, अध्यक्षलाई मात्र प्रस्ताव राख्नमिल्ने व्यवस्थाको कारण एकमात्र अजेण्डा साधरणसभामा पेस भएको थियो ।