यी ठाउँमा हुँदैछ, वर्षा र हिमपात

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

बुधबार बिहान मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको केही स्थानमा हल्का वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बुधबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बुधबार राति भने कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा हुने भएकाे छ ।

साथै बाँकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।