प्रधानमन्त्री कप महिला क्रिकेट: कर्णालीको लज्जास्पद हार

काठमाण्डौ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सानदार शुरुवात गरेको छ ।

आज बिहीवार भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । कर्णालीले दिएको ३४ रनको सामान्य लक्ष्य कोशीले १९ बलमै भेटायो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित १६ ओभरमा ९ विकेट गुमाएर ३३ रन बनायो । कर्णालीका लागि कप्तान किरन कुँवरले सर्वाधिक ९ रन बनाइन् । उसका ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । बलिङतर्फ कोशीकी अप्सरी बेगमले ३ र एलिशा खडियाले २ विकेट लिइन् ।