आज सुनचाँदीको भाउ स्थिर

काठमाण्डौ । सुनचाँदीको भाउ आज स्थिर रहेको छ ।

हिजो तोलामा १३ सय रुपैयाँले घटेर सुन एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज यही भाउ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटबढ भएको छैन । चाँदीको भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।