
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार शेयर बजार सामान्य बढेको छ । बुधबार शेयर बजार परिसुचक नेप्से ४.९२ अंकले बढेर २०९०.६४ बिन्दुमा पुगेको छ ।
बुधबार २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बुधबार कारोबारमा आएको ३ सय १३ कम्पनी मध्य १ सय ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबारमा आएको पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधबार आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयरको कारोबार भएको छ ।




खबर बजार । २४ माघ २०८०, बुधबार १८:०२