

सुर्खेत । वीरेन्द्रनगरको अमरज्योती नमूना माध्यामिक विद्यालयमा जयन्ती थापाद्वारा स्थापित अक्षयकोषको रकम थप गरिएको छ । तीन लाख रकमको अक्षय कोषमा दुई लाख रुपैयाँ थप गरि पाँच लाख राशीको अक्षय कोष बनाइएको हो ।
सुर्खेत स्थायी ठेगाना भै अमेरिकाको भर्जिनिया बस्दै आएकी थापाले कर्णालीका विभिन्न स्थलहरुमा समाजसेवाका कामहरु गर्दै आउनुभएको छ । आफुले सोही विद्यालयमा अध्ययन गरेकोले पनि विद्यालयप्रति अक्षय कोषमा रुची बढेको थापाले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पढाईप्रति आकर्षित गर्न अक्षय कोष स्थापना गरिएको कोषदाता थापाको भनाई छ ।
अक्षयकोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गर्ने गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर थापाले अक्षय कोषमा रकम थप गरेकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका अक्षय कोष स्थापना समन्वय समितिका संयोजक नवराज खड्का, अक्षय कोष स्थापना संयोजन समितिका संस्थापक गोविन्द प्रसाद सुवेदी, विद्यालयका पूर्व प्रधानाध्यापक डिल्ली प्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बस्सेल लगायतको उपस्थिति रहेको थियो ।

खबर बजार । २३ जेष्ठ २०७९, सोमबार २१:५३