वीरेन्द्रनगरका ५० हजार बालबालिकालाई टाइफाइडविरूद्धको खोप लगाउने तयारी

खोप अभियान यही चैत २५ गतेदेखि प्रत्येक वडा–वडामा सञ्चालन हुने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ५० हजारभन्दाबढी बालबालिकालाई टाइफाइड विरूद्धको खोप तयारी गरेको छ ।
नगरका ५० हजार सात सय ६१ जना बालबालिकालाई टाइफाइड विरूद्दको खोप लगाउने तयारी गरेको नगर जनस्वास्थ्य कार्यालयका सहसंयोजक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।


नगरपालिकाले पहिलो पटक १५ महिनादेखि १० बर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरूद्धको खोप तयारी गरेको हो ।
खोप अभियान सञ्चालन गर्न तीनसय बढी जनशक्तिलाई तालिम दिइसकेको छ । खोप अभियान यही चैत २५ गतेदेखि प्रत्येक वडा–वडामा सञ्चालन हुनेछ । खोप लगाउन तीन चिकित्सकसहित तीनसय बढी जनशक्ति खटिने छन् ।

कार्यतालिका अनुसार एकसय भन्दाबढी बालबालिका भएको विद्यालयहरुमा विद्यालयमै खोप केन्द्र राखिने छ । एकसय भन्दा कम बालकालिकालाई भएका क्षेत्रमा भने नजिकको विद्यालय वा वडा स्वास्थ्य कार्यालयमा राखिने नगर जनस्वास्थ्य कार्यालयको तयारी छ ।
वीरेन्द्रनगरमा बर्षेनि बालबालिकाहरु टाइफाइबाट पीडित हुने देवकुमार सुवेदीले १५ महिनादेखि १५ बर्ष उमेर समूहका बालबालिकालाई अनिवार्य टाइफाइड विरुद्धको खोप लगाउन आग्रह गर्नुभएको छ ।

नगर जनस्वास्थ्य कार्यालयले आयोजना गरेको टाइफाइट बिरुद्धको खोप सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ९७ प्रतिशत प्रभावकारी भएको भन्दै सबै अभिभावकले बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभएको हो । खोप लगायका बालबालिकालाई कुनै असर छैन ।

तर विरामी, एड्स संक्रमित र सिकित्स विरामीले पनि खोप लगाउन पाइने छैन ।