ओलीको शल्यक्रिया सफल, केहिदिन अस्पतालमै राखिने 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल भएको छ ।

त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया सफल भएको हो ।

पहिल्यै तय भएको मितिअनुसार आज ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको हो । उहाँको पित्तथैलीमा २२ एमएमको ढुंगा थियो ।

अस्पतालकाअनुसार थप केही दिन ओलीलाई अस्पतालमै राखेर उपचार गराइने छ ।