नेपालभर कोरोना संक्रमितको संख्या नौ लाख २५ हजार भन्दा धेरै

काठमाडौं । नेपालभर कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या ९ लाख २५ हजार २ सय ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय १६ जनामा फेला परेसँगै जम्मा संक्रमितको संख्या ९ लाख २५ हजार २ सय ३१ पुगेको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ जना रहेका छन् । जसमध्ये ४ हजार ७ सय ४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

पाँच हजार ९ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा २ सय १३ जना र १ हजार ६ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै थप २ सय ९ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । योसँगै नेपालमा ८ लाख १२ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।