मुलुकभर १० हजार ३१९ जना संक्रमित थपिए

काठमाडौं । नेपालभर १० हजार ३१९ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २१ हजार २०१ नमुना (१६६५४ पीसीआर र ४५४७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

यसैगरी २५४० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ८२५५० पुगेको छ ।

आजको दैनिक संक्रमण दर ४८.६७ प्रतिशत छ । अहिलेसम्म मुलुकका कोरोनाभाइरस संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । कूल संक्रमित संख्या १० लाख ३३ हजार ६३६ पुगेको छ ।