काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।
महाअभियोगपछिको अवस्था विश्लेषण र एमालेको आगामी कदमबारे छलफल गर्न सोमबार दलको बैठक बोलाइएको उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
बैठक आज साँझ ६ बजे पार्टी सचिवालय र भोलि बिहान ११ बजे पार्टी संसदीय दलको बैठक बोलाएको छ ।
सत्तापक्षले अचानक महाअभियोग दर्ता गरेपछि एमालेले सबै सांसदहरूलाई काठमाडौं बोलाएको छ ।
खबर बजार । १ फाल्गुन २०७८, आईतवार १३:३३