

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो ।
आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले जानकारी दिनुभयो ।
आठ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री छन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् ।

खबर बजार । २२ फाल्गुन २०८०, मंगलवार १२:५३