काठमाडौं । अब हुने स्थानीय तहको निर्वाचनमा २४ लाख भन्दा बढी मतदाता थपिएका छन् ।
निर्वाचन आयोगकाअनुसार २०७९ साल वैशाख २ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरिएको छ ।
यस अघि सम्पन्न २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भन्दा अहिले २४ लाख ७२ हजार ६२ जना मतदाता थपिएका आयोगले जनाएको छ ।
आयोगको तथ्यांक अनुसार २०७४ सालमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदा मुलुकभर एक करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता थिए ।
यसअघि सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई आधार मान्ने गरिएको यस पटकको आसन्न स्थानीय तह सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन भने २०७९ साल बैशाख २९ गते अर्थात स्थानीय तहका सदस्यको निर्वाचन हुने दिन भन्दा अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट भएको छ ।
खबर बजार । १ फाल्गुन २०७८, आईतवार १९:५२