एमाले सुर्खेतमा सहमति हुन नसकेपछी नयाँ नेतृत्वका लागि प्यानल नै खडा गरेर उम्मेद्वारी दर्ता

सुर्खेत । नेकपा एमाले सुर्खेतमा सहमति हुन नसकेपछी नयाँ नेतृत्वका लागि प्यानल नै खडा गरेर उम्मेद्वारी दर्ता गरिएको छ । नयाँ नेतृत्वका लागि नवौँ अधिवेशन बिहीबारदेखि चलीरहेको छ । तर सहमतिको प्रयास सम्भव नभएपछि निर्वाचन कार्यतालिकाअनुसार नेतृत्व छान्न उम्मेद्वारी दर्ता गरिएको हो ।

अधिवेशनको उद्घाटन गर्न आउनु भएका महासचिव शंकर पोखरेलले नयाँ नेतृत्व छनोटका लागि सर्वसम्मत गर्न निर्देशन दिएर फर्किए पनि सहमति हुन सकेन ।

अध्यक्षका लागि हाल उपाध्यक्ष कुलमणि देवकोटा र वर्तमान अध्यक्ष अमृत बीसीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । उपाध्यक्षमा देवकोटा टिमबाट मोहन बडुवाल, सचिवमा डम्बर तिवारीलाई उम्मेद्वारी बनाईएको छ र उप–सचिव खुला अझै टुंगा लाग्न सकेको छैन । उप–सचिव महिलाबाट सुशीला विश्वकर्माले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
विसीको टिमबाट उपाध्यक्ष ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्माले उम्मेद्वारी दर्ता गराउनु भएको छ। उप–सचिवद्वयमा भने खुलातर्फ हरि अधिकारी र तृप्ती विश्वकर्माले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
मतदान चैत ११ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म, मतगणना मतदान सम्पन्न भए पश्चाप गरिने निर्वाचन कमिटीले जनाएको छ ।